Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

औषधि खरिद गर्न पत्रचार

काठमाडाँै, २६ पुस । स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ ।

निःशुल्क अत्यावश्यक औषधि अभावमा जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा बिरामीको उपचार हुन नसकेको समाचार बाहिर आउँदा पनि अभाव नभएको दाबी गर्ने मन्त्रालयले ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयले सोमबार पत्र पठाउँदै तत्काल रु पाँच लाख बराबरको औषधि सोझै किनेर वितरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियामावली परिर्वतनलाई आधार मानेर जिल्लालाई पाँच लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्रचार गरिएको हो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले पठाएको पत्रमा जिल्लामा जनस्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लामा अत्यावश्यक औषधिको भण्डारण थोरै मात्रामा पाइएको हुँदा तत्काललाई अत्यावश्यक औषधि खरिद गर्न निर्देशन दिइएको छ ।

सार्वजनिक खरिद (चौथो सशोधन) नियमावली २०७३ को नियम ८४ (२) (१ क) बमोजिम अत्यावश्यक वस्तु खरिदका लागि पाँच लाखसम्म सोझै किन्न सकिने व्यवस्था गरिएको छ भने जिल्लाको हकमा ५० लाख सम्मको औषधि बोलपत्रमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL