Breaking News
Tuesday, 10 Jan, 2017
न्याय परिषद् बैठक बिहीबार
काठमाडौँ, २६ पुस । उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको आजको बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएता पनि सो हुन सकेन ।
सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ । रासस







