Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताउनु भएको छ ।

भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्नुहँुदै उहाँले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएको स्मरण गर्नुु्भयो ।

अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निक्र्योल गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उहाँले भन्नुभयो, “म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु भनेको छु ।” तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उहाँले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको पनि बताउनुभयो ।

इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “हामीले गौरव गर्ने विन्दु छ त्यो हो एउटा कविलाई भूरे टाकुरे राज्यबाट केन्द्रीकृत एउटा बलियो सामान्ती नै राज्य बन्नु प्रगतिशील हो त्यो पछि हटेको कदम होइन ।”

शान्तिप्रक्रिया भएका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको स्मरण गर्दै उहाँले कतै कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफुले त्यसलाई रोकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले एसियाकै नमुना अस्पताल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त्यहाँका पदाधिकारी, कर्मचारीको मुख्य समस्या देखिएको र उपकरण पुराना भएकाले यसको सुधारका लागि आफू तयार रहेको बताउनुभयो । उपकरणको सन्दर्भमा आफूले चिनियाँ अधिकारीसँग कुराकानी गरिरहेको पनि जानकारी दिनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले आफू कुलपति रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद आफ्नै कार्यकालमा टुङ्ग्याई छाड्ने बताउनुभयो । सोसम्बन्धी राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा बनेको समितिले १०÷१५ दिनमा प्रतिवेदन दिने र त्यसलगत्तै समस्या समाधान गरिने बताउनुभयो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री दाहालले दियालो बङ्गला ऐतिहासिक स्थल रहेको हुँदा नेपाल ट्रस्टको स्वामित्वमा रहेको सो जमिन राज्यका निम्ति र नगरको हितमा प्रयोग गर्ने विषयमा पहल गर्ने बताउनुभयो ।

उहाँले चितवनको विकासका लागि विशेष प्याकेज कार्यक्रम ल्याउने भन्दै अब बन्ने भरतपुर महानगरपालिकामा चक्रपथका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिने, विमानस्थलको विकास गर्ने वन्यजन्तु र जनधनको क्षति न्यूनीकरणका लागि पहल गर्ने, वैकल्पिक पुलको अध्ययन गर्ने, गोलाघाटमा पुल निर्माण गरी लुम्बिनीसँग चितवनलाई जोड्ने, कृषि बजार, औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेलगायतका काममा ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गीता वाग्ले, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्रपा चितवनका निर्देशक समितिका संयोजक बद्री तिमिल्सिना, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले आउँदो आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा आयव्ययसहितको बजेट प्रस्तुत गर्नुभएको थियो ।

भरतपुर उपमहानगरपालिकालाई अन्य दुई नगरपालिका जोडेर महानगरपालिका प्रस्ताव गरिएको छ । आउँदो आवका लागि उपमहानगरपालिकाले अनुमानित बजेट रु ८९ करोड ५० लाख ९९ हजार ४०० प्रस्ताव गरेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL