Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

मकैको बीउ बिक्रीबाट लाखौँ आम्दानी

रोल्पा (लिबाङ), २६ पुस । सदरमुकाम लिबाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष  बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ ।

यस्तै जङ्कोटको प्रगतिशील कृषि महिला सहकारी संस्थाले पनि बीउ बिक्रीबाट रु ६० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ । जिल्लाका करिब एक दर्जन सहकारीले बीउ उत्पादन गरेर किसानलाई बिक्री वितरण गर्दैआएका छन् ।

किसानलाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गर्न विभिन्न परियोजना सञ्चालन गरिएका छन् । पछिल्ला दिनमा सहकारी संस्थामार्फत बीउ उत्पादन गर्ने कार्यमा वृद्धि भएको छ । बीउ खरिदका लागि बाहिरिने रकम जिल्लामै बचत हुन थालेको छ ।

विगतमा बीउ जिल्ला बाहिरबाट आयत गर्ने गरिएकामा सहकारी संस्थामार्फत बीउ उत्पादन गर्न थालेपछि केही परनिर्भरता घटेको छ । जिल्लामा धानकाखेती निकै कम हुन्छ । मकै, गहुँ र भटमास उत्पादन भने सन्तोषजनक छ । मनकामना तीन जातको मकै र प्यार जातको गहुँको बीउ उत्पादनबाट सहकारीले मनग्य आम्दानी गरिरहेको प्रगतीशील कृषि महिला सहकारीका सचिव राधा पुनले बताउनुभयो ।

यस्तै सिर्जनशील कृषि महिला सहकारीले मकै, भटमास र गहुँको बीउ उत्पादनबाट रु डेढ लाख बढी आम्दानी गरेको संस्थाका सदस्य अमृत गुरुङले बताउनुभयो । उन्नत बीउबिजनका लागि कृषि कार्यक्रमले किसानलाई बीउ उत्पादनमा सहयोग पु¥याउँदै आएको छ ।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका सल्लाहकार सुरेश कँडेलका अनुसार उत्पादन भएको बीउ जिल्ला बाहिर पठाउन लुम्बिनी सिट कम्पनी बुटवलसँग सम्झौता गरिएको छ । “बीउका लागि बजारको समस्या छैन,” उहाँले भन्नुभयो ।

समयमा बीउ परीक्षण नहुने तथा बीउमा रोग देखिन थालेकाले समस्या भएको प्रगतिशील कृषि महिला सहकारी जङ्कोटका सचिव राधा पुनको भनाइ छ । बीउ उत्पादनबाट प्राप्त आम्दानीबाट सहकारीमा आवद्ध सदस्यलाई आर्थिक रुपमा मद्यत पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल खेतियोग्य जमिनमध्ये चार हजार ८९० हेक्टरमा धानखेती गरिन्छ । यसका लागि २४५ मेट्रिक टन बीउ आवश्यक पर्छ । करिब ४० मेट्रिक टन धान उत्पादन हुन्छ । यस्तै १२ हजार ६६० हेक्टरमा मकै लगाइने गरेकामा २९ मेट्रिक टन उत्पादन हुन्छ । करिब २५४ मेट्रिक टन बीउ आवश्यक पर्छ ।

यसैगरी आठ हजार ५७० हेक्टरमा गहुँ लगाउने गरेकामा २७ मेट्रिक टन उत्पादन हुन्छ । एक हजार २८ मेट्रिक टन बीउ आवश्यक पर्ने कृषि प्रसार अधिकृत रवीन्द्र पौडेल बताउनुहुन्छ । जिल्लामा मागअनुसार उन्नत बीउको आपूर्ति हुन सकेको छैन । कृषियोग्य भूमि कम भएका कारण उत्पादकत्व बढाउनका लागि उन्नत बीउको प्रयोग आवश्यक रहेको पौडेलको भनाइ छ । भैरहवा, प्यूठान र रुकुमका विभिन्न समूह तथा सहकारीबाट अपुग बीउ ल्याउने गरिएको छ । सिँचाइको पर्याप्त सुविधा नहुँदा किसानलाई उत्पादनमा समस्या भएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL