Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

रामसार सूचीमा सूचीकृत कास्कीका ताल संरक्षणमा चासो बढ्दै

पोखरा, २६ पुस । पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएको एक वर्ष पुग्नै लाग्दा यी ताल संरक्षण र विकासले प्राथमिकता पाउन थालेको छ ।

रामसार सचिवालयबाट आएको विज्ञको टोलीले गत वर्ष माघमा विश्व सिमसार दिवसको अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो योजनामा तालहरू रहेको स्थानको भौगोलिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

“रामसारमा सूचीकृत पोखराको फेवातालसहितका नौवटा ताल संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजनासहित कुल रु १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार लाग्ने अनुमान योजनामा छ”, उहाँले भन्नुभयो – “पहिलो कुरा ताल संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै व्यवस्थापन र तालमा बढिरहेका मिचाहा प्रजातिको तत्काल नियन्त्रण गर्नु छ ।”

योजनाअनुसार ती तालमध्ये सबैभन्दा बढी लागत फेवातालमा लाग्ने देखिएको छ ।

अनुमानित कुल बजेटमध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः बेगनासमा २३, रुपामा १४, खाष्टे÷न्युरेनीमा ११, मैदीमा आठ, दिपाङ्गमा सात, गुँदेमा चार र कमलपोखरीमा दुई प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिनुभयो ।

योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थानलगायतका विषयलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रियकरण भएका कारण कास्कीका यी ताल संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो ।

ताल संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिँदै उहाँले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु ५० लाख, नगरपालिकाबाट रु ५० लाख र स्थानीय जनसहभागिताबाट रु ५० लाख गरी रु एक करोड ५० लाख खर्चिने योजना रहेको बताउनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा जनसचेतनाका कारण ताल संरक्षण र विकासका लागि स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ ।

अन्तर्राष्ट्रियकरण भएका ती ताल संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्लो प्रयासमा सम्भव नहुने बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।

रामसारमा सूचीकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताउनुभयो ।

रामसरामा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ ।
रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL