Exclusive News Monday, 6 May, 2024
Prestige Media

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ। काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरले जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे।
यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० मा नीतिगत सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो। कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यसहित इञ्जिनियर मञ्च पुगेका थिए।
प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता ग¥यौं। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौं।’
नेपाल पूर्वाधार निर्माण २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भन्ने, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो। यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ।’
खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर ९४६ रोपनी १ दाम० क्षेत्रमा फैलिएको छ। सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि वर्षाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ।
ध्चष्तभ तय एःऋ ल्भ्ध्क् न्च्इग्ए

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

सुनसरीको पाँच ठाउँमा अनिश्चितकालीन कर्फ्यु

सरकारको कार्यशैलीले सन्त्रासमा कर्मचारी

भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

अभियन्ता वेदिका केसी पक्राउ

सोनम वाङचुकले तोडे २६ दिने अनशन

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन- पशु सेवा विभाग

देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध?

नेपाली आकाशमा नयाँ पुस्ताको एटीआर विमान ल्याउँदै बुद्ध

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा आज राति सवारी सञ्चालन गर्न नपाइने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL