Breaking News Monday, 9 Jan, 2017
Prestige Media

पीडितलाई क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ, २५ पुस । काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
उपत्यकाका २६ स्थानका पीडित समूहहरुले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन् । जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास गर्ने स्वतन्त्रता र आवासको हकको संरक्षण गर्न पिडितले सरकारलाई आग्रह गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागीले अदालतको आदेश पालन गर्नुपर्ने, आवास अधिकारको प्रत्याभूत गर्नुपर्नेलगायत लेखिएका तुल बोकेका थिए ।
समितिका संयोजक सुमन सायमीले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सडक सुधार तथा विस्तार गर्ने नाममा विस्थापित गर्न नहुने र त्यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले देशमा पूर्वाधार तथा विकास निर्माण गर्ने क्रममा सम्बन्धित नागरिकले भोगचलन गरिरहेको अचल सम्पत्ति
(जग्गा जमिन) अधिग्रहण गर्दा समयसापेक्ष मुआब्जा दिनुपर्नेमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL