Breaking News Monday, 9 Jan, 2017
Prestige Media

ग्रामीण भेगका जनता सहकारीप्रति आकर्षित

चौतारा, २५ पुस । सिन्धुपाल्चोकका बासिन्दा सहकारीप्रति आकर्षित हुन थालेका छन् । छरिएर रहेको पँुजी सङ्कलन गरी बचतमार्फत सानातिना आर्थिक गर्जो टर्न उनीहरु सहकारीप्रति आकर्षित हुन थालेका हुन् ।

यसै क्रममा एक घर एक सदस्यको अवधारणासहित ठूलोसिरुवारी गाविसमा हालै नेत्रज्योति बचत तथा कृषि सहकारी संस्था स्थापना भएको छ । संस्थाको सेयर सदस्य रहेका विद्यालयका बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ । संस्थामा एक हजार सात सय ५२ सेयर सदस्य रहेको संस्थाका सचिव नेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय स्वायत्तशासनअन्तर्गत जिल्लामा जिविसको स्थानीय विकास कोषको आर्थिक सहयोगमा ०६७ सालमा राम्चे गाविसमा पहिलोपटक एक घर एक सदस्यको अवधारणमा सो सहकारी संस्था स्थापना भएको थियो ।

त्यसैगरी कालिका, ठोकर्पा, सुनखानी, बराम्ची र नवलपुर गाविसमा पनि प्रत्येक घर समेटिने गरी सहकारीको स्थापना भएको छ । बराम्ची गाविसमा स्थापित महिला बचत तथा ऋण सहकारी संस्थाले भने प्रत्येक घरबाट महिला सदस्य मात्र समेटेको छ । जिल्लामा एक डेढ दशकयता थुप्रै बचत तथा ऋण सहकारी संस्था खुलेका छन् । केही संस्थाले करोडौँको कारोबारसमेत गर्दै आएको छ । केही वर्षअघि खुलेको चौतारास्थित उज्यालो बचत तथा ऋण सहकारी संंस्थाले गत वर्षको भूकम्पमा आफ्ना सेयर सदस्यलाई आर्थिक सहयोगसमेत गरेको थियो ।

जिल्लाको पुरानो सहकारी संस्था चौतारामा जुगल बहुउद्देश्यीय सहकारी संस्था २०३२ सालमा खुलेको थियो । चौतारा, सानोसिरुवारी, पिपलडाँडा, स्याउले, कुबिण्डे, इर्खुलगायत आसपासका गाविसमा रासायनिक मल बिक्री–वितरण गर्ने उद्देश्यले स्थापना भएको थियो । त्यसपछि २०५० सालमा ठोकर्पा गाविसमा दुग्ध उत्पादक सहकारी संस्था स्थापना भएको थियो । मेलम्चीमा २०५२ सालमा जुगल बचत तथा ऋण सहकारी संस्थाको स्थापना लगत्तै २०५३ सालमा चौतारा बजारमा महाकाली बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी करोड माथिको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो ।

सहर बजारमा साना व्यापारीले पनि दैनिक बचत सङ्कलन गर्न थालेका छन् । सङ्कलन गर्ने यस्ता सहकारी संस्था टोलटोलमा खुलेका छन् । जिल्लामा दर्ता भएका सात सय १९ सहकारी संस्था छन् भने दर्ता हुने क्रममा रहेका थुप्रै सहकारी संस्था खुलेका छन् । दर्ता भएकामध्ये बचत तथा ऋण सहकारी संस्था दुई सय ३७, बहुउद्देश्यीय सहकारी संस्था ५८, कृषि सहकारी संस्था एक सय ७८, कफी सहकारी संस्था ११, लघुजलविद्युत सहकारी संस्था ६, दुग्ध उत्पादक सहकारी संस्था एक सय ५१, उपभोक्ता सहकारी संंस्था ५३, विविध १९ र जिल्ला सहकारी सङ्घ ६ सहित कुल सात सय १९ सहकारी संस्था रहेको काभ्रेस्थित सहकारी डिभिजन कार्यालयले जानकारी दिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL