काठमाडौँ, २२ पुस । राधा माधव समिति नेपाल, श्यामा श्यामा धाम ठिमीले सफासुधर बस्ती, स्वस्थ्य वातावरण, निरोगी बासिन्दा एवम् सभ्य समाज बनाउने अभियान सुरु गर्ने भएको छ ।
अभियानअन्तर्गत झक्तपुरको ठिमीस्थित श्यामा श्यामा धाम वरपरको टोल÷बस्तीलाई स्वच्छ, सुन्दर एवम् हराभरा राख्ने, प्रत्येक शनिबार स्वास्थ्य विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गर्ने, हनुमन्ते खोलाका कारण ठिमीवासीले भोग्दै आएका पीडाबाट उन्मुक्ति दिलाउन र मेलम्ची खानेपानीका लागि पहल गर्ने जस्ता कार्य सञ्चालन गर्न लागिएको राधा माधव समिति, नेपालले जनाएको छ ।
यसका लागि प्रत्येक १५ दिनमा धामका व्यवस्थापक र टोलका स्थानीयवासीको नियमित बैठक बस्ने पनि सो समितिले जनाएको छ । रासस