Exclusive News Tuesday, 26 Dec, 2023
Prestige Media

एक वर्षमै २ लाख करदाताले लिए प्यान नम्बर

काठमाडौं– अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६ पुगेको विवरण सार्वजनिक गरेको छ।
सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा १ वर्षमा २ लाख ४३ हजार ३२० करदाता थपिएपछि यस्तो संख्या करिब ५८ लाख पुगेको हो।
मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्।
२०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा १ लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांकअनुसार एक वर्षे अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने २ हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन्।
यस्तै, सोही अवधिमा करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएसँगै यस्तो करमा दर्ता हुनेको संख्या ३ लाख १८ हजार ३६२ पुगेको छ।
मन्त्रालयका अनुसार एक वर्षे अवधिमा ४ हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन्।
सरकारले करको दरभन्दा दायरा वृद्धि गर्ने लक्ष्यअनुसार करदाताको संख्या बढाउने गरी कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।
आन्तरिक राजस्व विभागले स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार नारासहित कर असुलीलाई प्राथमिकतामा राख्दै आएको छ।
सरकारले २ हजार रुपैयाँ बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि करदाताको संख्या बढ्न थालेको हो।
करदाताको संख्या बढे पनि कर राजस्व वृद्धि भने सोचेअनुरुप हुन नसकेको आन्तरिक विभागका महानिर्देशक दीर्घराज र्मैनाली बताउँछन्।
‘प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। नागरिकलाई कर तिर्नुपर्छ भन्ने चेतना जगाउने काम गर्दै आएका छौं। राज्यलाई कर तिर्नु नागरिकको कर्तव्य पनि हो’, मैनालीले भने।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL