Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

प्राविधिकतर्फ कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर, २१ पुस । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ ।

प्राविधिकतर्फ बोर्डले पहिलोपटक सार्वजनिक गरेको परीक्षाको नतिजामा कुल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण गरेर कक्षा ११ को परीक्षामा सहभागी भएका कुल दुई हजार १७८ परीक्षार्थीमध्ये परीक्षामा ४६९ जना उत्तीर्ण भएका छन् ।

सरकारले नमुनाका रुपमा एक जिल्लामा एक प्राविधिक उमावि सञ्चालन गर्ने उद्देश्यले प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण भएका विद्यार्थीलाई कक्षा ११ मा प्राविधिक विषय अध्ययन गर्न अनुमति प्रदान गरेर अनुदानसमेत उपलब्ध गराएर कक्षा सञ्चालन गरेको थियो ।

त्यसैगरी केही वर्षअघि शैक्षिक जनशक्ति विकास केन्द्रले १० महिना तालिम लिएर लामो समय शिक्षण पेसामा रहेका शिक्षकका लागि सञ्चालित आंशिक परीक्षाको नतिजा पनि आज सार्वजनिक भएको छ ।

आंशिक परीक्षाका रुपमा अन्तिम मौकास्वरुप लिएको परीक्षामा दुई हजार ३३३ जना सहभागी भएकामध्ये ६८९ जना उत्तीर्ण भएका छन् । सो परीक्षामा २९ दशमलव ५३ प्रतिशत उत्तीर्ण भएको अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL