Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

उपत्यकाको खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित बैठकमा उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिनुभएको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाई मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री दाहालले “खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्च पदस्थ अधिकारीलाई सित्तैमा ट्यांकरको पानी वितरण नगर्न, पानी खोल्ने र बन्द गर्ने काममा खटिएका कर्मचारीले प्रभावमा परी कतै पानी दिने र कतै नदिने समस्याको समाधानका लागि अनुगमन टोली बनाएर निरीक्षण गर्न निर्देशन दिनुभएको सचिव उपाध्यायले भन्नुभयो ।”
पानीको पाइप बिच्छ्याउन भत्काइएको बाटो तत्काल बनाउन, सबैतिर न्यायोचित ढङ्गले पानी वितरण गर्न र मन्त्रालय एवम् सरोकारवाला निकायलाई मुहानको निरीक्षण गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो ।
बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका सचिव उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, लिमिटेडका अध्यक्ष सुरेश बस्नेत र महाप्रबन्धक महेशप्रसाद भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणा र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सहभागिता थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले उपत्यकामा खानेपानीको चुहावट रोक्न र व्यवस्थापन गर्न कार्ययोजना ल्याउने तयारी गरेको सचिव उपाध्यायले जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL