Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

अर्ना चितवन सार्ने योजना प्रति सुनसरीवासीको विरोध

इटहरी – दुर्लभ बबुल प्रजातिको जङ्गली भैँसी (अर्ना)का लागि स्वर्गभूमिको उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षबाट केही अर्नालाई चितवन राष्ट्रिय निकुञ्जमा सार्ने भन्ने खबरले सुनसरीवासी आक्रोसित बनेका छन् ।

स्थानीय सरोकारवालाले अर्ना सार्ने हो भने कोसीटप्पु वन्यजन्तु आरक्षको दिगो विकास योजनालाई अघि सार्नु पर्ने माग अघि सारेका छन् । सरकारी पक्षले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र संरक्षित बबुल प्रजातिको अर्र्ना प्राकृतिक विपत्ति पर्दा वंश नै जोखिममा पर्नसक्ने भन्दै कोसीटप्पु आरक्षको जस्तै वातावरण मिल्ने चितवन राष्ट्रिय निकुञ्जमा सार्ने प्रयास गरिएको हो भन्दै आएको छ तर त्यहाँको हावापानी, भूगोल र वातावरणले अर्नाका लागि उपयुक्त हुने वा होइन भन्ने विषयमा गहन अध्ययन भने नभएको बताइएको छ ।

एक वर्षअघिदेखि नै आरक्ष प्रशासन विभाग र स्थानीय प्रशासनले चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट ३० थान भाले र पोथी अर्ना लैजाने तयारी गर्दैआएको हो । यतिखेर कोसीटप्पु वन्यजन्तु आरक्षमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यही बेला आरक्षमा पर्यटक आउने मौसम भए पनि आरक्षमा कसैलाई प्रवेश नदिइएको हो । आरक्षमा पछिल्लोपटक विसं २०७२ को चैतमा गरिएको गणनामा आरक्षमा ४३० अर्ना पाइएको थियो ।

त्यसबेला वयस्क भाले १२० वटा, वयस्क पोथी १८२ वटा, साना बच्चा १४ वटा, एक वर्ष उमेर समूहका ८१ वटा र दुई वर्ष उमेर समूहका ३५ वटा अर्ना रहेको दाबीसहितको तथ्याङ्क सार्वजनिक गरिएको थियो । आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले अर्ना सार्ने विषयमा स्थानीयवासीको कडा आपत्ति छ भन्ने प्रश्नमा उहाँले धेरैपटक स्थानीयवासी, स्थानीय प्रशासन र मध्यवर्ती क्षेत्र विकास समितिसँग बसेर छलफल र अन्तक्र्रियापछि सहमति बनेको बताउनुभयो ।

लामो समयदेखि पर्या–पर्यटन अर्ना बचाउ अभियानमा सक्रिय रहँदै आएको स्थानीय समितिका अध्यक्ष कुरबान मन्सुरीले आरक्ष प्रशासन विभाग र स्थानीय प्रशासनले स्थानीयवासीले अर्ना चितवन लैजाने विषयमा कडा आपत्ति जनाउँदै आएको र त्यस्तो आपत्तिपछि आरक्षले गुपचुपमा आरक्ष प्रवेश निषेध गरेको बताउनुभयो ।

आरक्षभित्र प्रवेशमा रोक लगाउनुको अर्को कारण भनेको आरक्ष क्षेत्रमा मानिसको चहलपहल नभएको मौकामा अर्ना कोसी नदीका नजिकमा आउने र त्यस्तो अवस्थामा उनीहरुलाई बेहोस बनाउने गोली प्रयोग गरी नियन्त्रणमा लिई चितवन लैजाने तयारी हो भन्ने पनि कतिपयको दावी छ । चितवनमा लैजाने अर्नाका लागि अर्ना संरक्षित रहनसक्ने स्थानको पहिचान गरिसकिएको तथा अर्ना एक डेढ वर्षका लागि सुरक्षित तुल्याई त्यहाँको वातावरणसँग घुलमिल हुन सकोस् भन्ने उद्देश्यले फेन्सिङ गर्ने कार्यसमेत पूरा भएको बुझिएको छ ।

चितवनमा अर्ना सार्ने तयारी गरिए पनि स्थानीय मध्यवर्ती क्षेत्रका सरोकारवालाले भने अर्ना सार्नुभन्दा पहिला आरक्षको महत्वलाई अझ बढाउन बाह्रसिङ्गे र चितवनमा पाइने गैँडा ल्याएर संरक्षणको आधार तयार पार्न दबाब दिइरहेका छन् । यता, चितवनबाट प्राप्त समाचार अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पुस महिना भित्रमा अर्ना ल्याइने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण कार्य सम्पन्न भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पिसिसिले च्यापेर छ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । सोलार फेन्सिङको तार तन्काएर त्यसमा विद्युत् प्रवाह यसैहप्तादेखि हुनेछ । वनमन्त्री, सचिव र वन विभागका महानिर्देशकको समय मिलाएर पुस महिनाभित्रमै अर्ना स्थानान्तरण गरिने उहाँले बताउनुभयो ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँच भाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि यहाँ ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पाँच वटा भाले र २० वटा पोथी बाह्रसिङ्गे ल्याइने भएको छ । इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो । एकै ठाउँमा रहेका वन्यजन्तु अर्को ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँच वटा गैँडा बर्दिया स्थानान्तरण गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्तीलगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । अर्ना र बाह्रसिङ्गेसमेत यहाँ थपिएपछि पर्यटकको आकर्षण बढ्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL