Breaking News Monday, 2 Jan, 2017
Prestige Media

संशोधन विधयेक अघि बढाउन दलीय सहमति आवश्यक : अध्यक्ष थापा

भीमदत्तनगर, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताउनुभएको छ ।

मिडिया नेपाल, कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

“राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँछ ।” पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भन्नुभयो– “यथास्थितिमा हाम्रो पार्टीले पनि सहयोग गर्दैन ।” मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै उहाँँले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताउनुभयो । संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै उहाँले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अर्का वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले लामो समय संसद् अवरुद्ध हुनु उपयुक्त नभएको बताउँदै ८१ प्रतिशत हिन्दू रहेको मुलुकमा ठूला दलहरुले धर्म निरपेक्ष घोषणा गरेर गम्भीर त्रुटी गरेको टिप्पणी गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL