Breaking News Saturday, 31 Dec, 2016
Prestige Media

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने

काठमाडाैँ, पुस १६ । सरकारले विवाहका सम्बन्धमा गर्न लागेको नयाँ व्यवस्थाअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने भएको छ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २० वर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई ‘बाल विवाह’ का रूपमा लिँदै स्वतः बदर हुने व्यवस्था गरिएको छ। यस्तो विवाह भए दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने विधेयकमा छ।

वर्तमान कानुनअनुसार केटाको उमेर २१ र केटीको १८ नाघेको छ भने विवाह दर्ता हुन्छ। नयाँ विधेयकमाथि छलफल गर्न बनेको संसदीय उपसमितिले साबिकको यो व्यवस्था हटाएको छ। उपसमितिले तयार पारेको प्रतिवेदनलाई विधायन समिति हुँदै संसदीय प्रक्रिया पूरा गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि कानुनको रूप लिन्छ।

आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक दुलाहा–दुलहीका तर्फबाट कुनै किसिमको चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न–गराउन समेत रोक लगाउने प्रस्ताव गरिएको छ।
विवाहमा लेनदेन भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको उपसमितिका संयोजक कृष्णभक्त पोखरेलले सेतोपाटीलाई बताए। उनका अनुसार दाइजो नदिएका कारण दुलही वा उसका नातेदारलाई कुनै किसिमको दबाब दिए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

नयाँ कानुनमा बहुविवाहलाई कानुनी मान्यता नै नदिने व्यवस्था गरिएको छ। ‘पति–पत्नीले कानुनबमोजिम अंशबण्डा गरी भिन्न भए मात्र अर्को विवाह गर्न पाइने प्रावधान राखिएको छ,’ पोखरेलले भने, ‘कानुनी प्रावधान मिचेर गरिएको विवाह स्वतः बदर हुन्छ।’ आपसी मञ्जुरीबिना गरिएको विवाह बदर हुने प्रावधानसमेत विधेयकमा छ। मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई दुई वर्ष कैद र २० हजार जरिवानाको व्यवस्था गरिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL