Breaking News Friday, 30 Dec, 2016
Prestige Media

व्यावसायिक पत्रकारितामा जोड दिनुपर्छः मन्त्री पाण्डे

रत्ननगर (चितवन), १५ पुस । भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले पत्रकारले व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभएको छ ।

चितवनको भरतपुरमा सञ्चारिका समूहको आयोजनामा भएको तीन दिने लङ्गिक पत्रकारिता तालिमको समापन कार्यक्रममा उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

मन्त्री पाण्डेले पत्रकारितासँगै समाजसेवामा समेत अगाडि बढ्न महिला पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारको क्षमता विकास तथा गुणात्मक सहभागितामा सरकारले ध्यान दिन नसकेको बताउँदै वैदेशिक अध्ययन, तालिम, भ्रमण तथा साजनीतिक नियुक्तिका सवालमा समेत महिला प्राथमिकतामा नपर्ने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा सञ्चारिका समूहकी केन्द्रीय सदस्य जया लुइँटेलले महिला पत्रकारको सहभागिता गुणात्मक र सङ्ख्यात्मक बनाउन विगत २१ वर्षदेखि सञ्चारिका समूह लागि परेको बताउनुभयो ।

सञ्चारिका समूहको अध्ययन अनुसार नेपालको पत्रकारितामा २५ प्रतिशत महिला सहभागिता भएको पाइए पनि निर्णायक तहमा भने महिला कमै पुगेका छन् ।

पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले सिकेका कुरा व्यवहारमा लागू हुने क्रम न्यून भएको भन्दै अहिले तालिम लिएका पत्रकारलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । चितवनलगायत विभिन्न जिल्लाका १२ जना महिला पत्रकारलाई यहाँ तालिम दिइएको हो ।

सो क्रममा सहभागी पत्रकारले तालिममा लैङ्गिक समानताका विषयमा आफू महिला भएर पनि थाहा नभएको बताउँदै आगामी दिनमा सिकेका कुरा व्यवहारमा देखाउने प्रतिबद्धता जनाएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL