Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

क्षेत्रीय विकासको अवधारणा राजा वीरेन्द्र ल्याएका हुन् : अध्यक्ष थापा

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन राजा वीरेन्द्रले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव राष्ट्रको सुरक्षाका लागि महत्वपूर्ण कूटनीतिक प्रयास भएको बताउनुभएको छ ।

स्व राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आज उद्घाटन गर्दै अध्यक्ष थापाले सो प्रस्तावको विश्वका ११६ राष्ट्रले समर्थन जनाएको र त्यसले मुलुकको राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेको भए पनि पछिल्लो समयमा आएको उतारचढावले सो विषय अहिले ओझेलमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “राजा वीरेन्द्रले देशको समृद्धिका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएको हो । जनमत सङ्ग्रहको अभ्यास अर्को उदाहरण हो ।”

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर तत्कालीन राजाले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाएको स्मरण गर्नुभयो ।

इतिहासविद् डा सुरेन्द्र केसीले मुलुकको विकासमा राजसंस्थाले पु¥याएको योगदानको सराहना गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा राजा वीरेन्द्रको उल्लेख्य योगदान रहेको बताउनुभयो ।

पूर्वउपरथी टीका धमला, समाजसेवी भरत बस्नेतलगायतले देशको स्वाभिमान र अविभाज्यतालाई कायम राख्न राजा वीरेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विभिन्न समयमा गरेका प्रयासका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि नेपालले देशमा शान्ति स्थापना तथा दिगो विकासका लागि राजा वीरेन्द्रले गरेका कार्यको खोज अनुसन्धान गरिने बताउनुभयो ।

विसं २००२ पुस १४ गते जन्मेका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परेर निधन भएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL