Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

सूचनाको हक विषय पढाइने

काठमाडौँ, १३ पुस । सरकारले आगामी शैक्षिक सत्रदेखि सूचनाको हकसम्बन्धी नयाँ पाठ्यक्रम पढाइने भएको छ ।

राष्ट्रिय सूचना आयोगको पहलमा तयार गरिएको पाठ्यक्रमसहित ऐेच्छिक विषयका रुपमा आगामी शैक्षिक सत्रदेखि मुलुकभर कक्षा ६देखि उक्त पाठ्यक्रम पढाउन लागिएको हो ।

आयोगका आयुक्त यशोदा तिमिन्सिनाका अनुसार अगामी शैक्षिक सत्रदेखि पढाई हुने सूचनाको हक विषय पढ्ने विद्यार्थीलाई छात्रवृद्धि दिने तयारी आयोगले गरेको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोर्याव)ले आयोजना गरेको गोष्ठीमा उहाँले सबैलाई सूचनाको पहुँच भएपछि नागरिक आर्थिक तथा अन्य तवरले सबल हुने बताउँदै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

गोष्ठीमा नागरिक राष्ट्रिय दैनिकका सम्पादक गुणराज लुईंटेलले सार्वजनिक वित्तका विषयका सकारात्मक समाचारलाई प्राथमिकता दिँदा समाजको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । अर्थशास्त्री गोपाल तिवारीले वित्तीय अनुशासनलाई कायम राख्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि सञ्चार माध्यमको समाचार कक्षलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

एको¥यावका कार्यकारी निर्देशक डा आरसी लामिछाने पत्रकारले उठाएका विषयले आर्थिक एवम् सामाजिक विकासमा सहयोग पुग्ने भएकाले पत्रकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । आज सम्पन्न गोष्ठीमा ३० जनाभन्दा बढी आर्थिक एवम् सामाजिक क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारको सहभागीता थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL