Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

गुरुयोजनाका आधारमा पोखराको विकास गरिनुपर्छ – मन्त्री केसी

पोखरा, १३ पुस । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले दीर्घकालीन विकास गुरुयोजना बनाएर त्यसकै आधारमा पर्यटकीय नगरी पोखराको विकास गरिनुपर्ने बताउनुभएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल(रेवान) पोखराद्वारा आजदेखि पोखराको लेकसाइडमा सञ्चालित १८ औँ सडक महोत्सवको उद्घाटन गर्दै उहाँले “पोखराको पर्यटकीय सुन्दरतालाई दृष्टिगत गरेर चाँडो दीर्घकालीन गुरुयोजना तयार गरी समग्र विकासका योजना अघि बढाउनुपर्दछ भन्नुभयो ।”

मन्त्री केसीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरुपमा पोखराको पर्यटकीय महत्व रहेको चर्चा गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित यो सडक महोत्सवले पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधान कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले यसको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको सहकार्य अहिले पनि उत्तिकै आवश्यक भएको छ भन्नुभयो ।

मन्त्री केसीले आजै पोखराको फेवाताल किनारमा अवस्थित वसुन्धरा पार्कको व्यवस्थापन कार्यको पनि शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा सांसद यज्ञबहादुर थापाले पोखरा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बन्न नसकेको बताउँदै यहाँका ताल तलैया, बसपार्कलगायतको संरक्षण एवम् विकासका लागि वृहत्तर गुरुयोजना तयार गरी त्यसै अनुरुप अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सांसद शारदा पौडेलले पोखरा र यस आसपासका पर्यटकीय सम्पदाले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरेको बताउँदै आकर्षणलाई कायम गर्न यिनीहरूको संरक्षण एवम् विकासका लागि सरकार एवम् निजी क्षेत्रको सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले वसुन्धरा पार्कको व्यवस्थापन कार्यको शुभारम्भ हुनु महत्वपूर्ण कार्य भएको बताउँदै पोखराका अन्य धेरै सम्पदाको जगेर्ना गर्नु आवश्यक रहेको छ भन्नुभयो ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित सडक महोत्सवले स्वदेशीका साथै विदेशी पर्यटकलाई पोखरामा आकर्षित गर्ने गरेको बताउनुभयो ।
महोत्सव संयोजक गोपीबहादुर भट्टराईले सडकमै खाउँ, सडकमै नाचौँं र सडकमै रमाऔंँ भन्ने नाराका साथ सुरु सडक महोत्सव आगामी पुस १७ गतेसम्म हुने जानकारी दिँदै महोत्सव अवधिभर विभिन्न परिकारको स्वादसहित पर्यटकले विभिन्न सांस्कृतिक कार्यक्रमको भरपुर मनोरञ्जन लिन सक्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल लगायतले महोत्सवले पोखराको पर्यटकीय आकर्षणलाई थप मजवुत बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL