Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

संसद्को बैठक आज पनि अवरोध…

काठमाडौँ, १३ पुस । नेकपा (एमाले)लगायतका प्रतिपक्ष दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रभावित रह्यो ।

सरकारले गत मङ्सिर १४ गते नेपालको संविधान संशोधनको लागि व्यवस्थापिका–संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् ।

सभामुख ओनसरी घर्तीले अपराह्न ३ बजेका लागि निर्धारित आजको बैठक प्रारम्भ भएको घोषणा गर्ने साथ प्रमुख प्रतिपक्षसहितका दलका सांसद आआफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभएको थियो ।

त्यसको लगत्तै सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय प्रदान गर्नुभयो ।

बैठकमा सरकारले भाषा, नागरिकतालगायतका विषयमा संशोधनको प्रस्ताव अघि सारे पनि त्यसको औचित्य पुष्टि हुन सकेको छैन भन्नुभयो ।

यो संशोधनको प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको हुँदा यसलाई फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो । सांसद ढकालले यो प्रस्ताव नेपालीका लागि ल्याएको हो कि विदेशीको हितका लागि ल्याएको हो भनी प्रश्न गर्दै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन सुझाव दिनुभयो ।

संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी नै राख्ने छौँ– सांसद ढकालले भन्नुभयो ।

त्यसको लगत्तै राजनीतिक दलको सहमति र सहकार्यमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गराउँदै सभामुख घर्तीले सदनको कार्यसूचीलाई अघि बढाउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

व्यवस्थापिका–संसद् सबै जनताको भावना राख्ने प्रमुख थलो भएको हुँदा संविधान संशोधन विधेयक दर्ता पछि उत्पन्न परिस्थितिलाई सहमतिका लागि दललाई प्रसस्तै समय प्रदान गरेको कुरा बताउँदै उहाँले सदन सुचारु गरी जनताको पक्षमा निर्णय गर्ने कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

सभामुख ओनसरी घर्तीले निरन्तरको संसद्को अवरोध हटाउन तथा दलहरुबीच देखिएको तिक्तता र अविश्वासलाई अन्त्य गरी सहमति जुटाउन प्रयास गरिरहनुभएको छ । संसद् अवरोध गर्ने क्रममा प्रमुख प्रतिपक्षले झन्डै ६ मिनेट उभिएर विरोध जनाउनुभएको थियो ।

मधेस केन्द्रित दलको मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अस्वीकार गर्दै आएको छ ।

संशोधन प्रस्तावमा प्रदेशको सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वजस्ता विषय परेका छन् । प्रमुख प्रतिपक्षले संशोधन प्रस्ताव संविधानको भावना र नेपाली जनताको चाहना विपरीत भएको हुँदा अघि बढाउन नमिल्ने तर्क गरिरहेको छ ।

आजको कार्यसूची

सदनको आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेपालको संविधानको दोस्रो संशोधन २०७३ प्रस्तुत गर्ने विषय परेको थियो ।

अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीउपर महेन्द्रबहादुर शाहीसहित १५७ जनाले दर्ता गर्नुभएको महाभियोगको प्रस्ताव माथिको छलफल जारी रहने विषय पनि आजको कार्यसूचीमा समावेश थियो ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ र निर्वाचन कसुर तथा सजय विधेयक २०७३ सदन समक्ष प्रस्तुत गर्ने कार्यसूची थियो ।

यद्यपि दलले वार्तालाई औपचारिक र अनौपचारिक हिसाबले निरन्तरता दिने र छलफलाई जारी राखिने भन्दै आएका छन् । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही पुस १४ गते बिहीबार दिनको १ बजे बस्ने छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL