Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाऔँ– डा भट्टराई

काठमाडौँ, १३ पुस । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्प विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले संविधान संशोधनको विकल्प नभएकाले त्यसमा सहमति गरेर अगाडि जानुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“संविधानको दिगो कार्यान्वयनका लागि संविधान संशोधन र त्यसपछि निर्वाचन आवश्यक छ । संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य छन् । यी अलग विषय होइनन् ।” उहाँले यी दुईवटा विषयलाई अलग गरे परिस्थिति उल्टो दिशामा जाने जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले विधेयकलाई सम्भव भएसम्म साझा बनाउन विशेष संवाद थाल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण कार्यभार ‘राज्य पुनःसंरचना’ भएको बताउँदै डा भट्टराईले भन्नुभयो, “आदिवासी जनजाति, मधेसी–थारु र खस–आर्यको यथोचित स्थान हुनेगरी सङ्घीयता बनाऔँ ।” संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिने उहाँको भनाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL