Breaking News
Tuesday, 27 Dec, 2016
श्रीलङकाका पुर्वप्रधानमन्त्रीको निधन
कोलम्बो, १२ पुस । श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ ।
अस्पतालमा उपचार गराईरहेका बेला उहाँले निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलङकाको प्रधानमन्त्री बन्नु भएको थियो ।
सन् १९६० मा राजनीतिमा प्रवेश गर्नु भएका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित हुनु भएको थियो ।
उहाँ सन् १९७०मा न्याय उपमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसदमा निर्वाचित भएपछि उहाँ सार्वजनिक प्रशासन, गृह र चिया उद्योग मन्त्री बन्नु भएको थियो ।







