स्वास्थ्य
Wednesday, 12 Oct, 2022
एकै दिन ८८ हजार बढीले लगाए कोभिडविरुद्धको खोप
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको मन्त्रालयको तथ्यांक
काठमाडौं– एकै दिन देशभरबाट ८८ हजार ६ सय ६६ ले कोभिडविरुद्धको खोप लगाएका छन्।पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ५७५ जना सक्रिय संक्रमित छन्
२९ जना संक्रमित निकोसमेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य छ ।यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ३ सय ५३ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।







