सन्दीपको करिअरकै उत्कृष्ट बलिङ
चौथो टी–२० सिरिजमा केन्या १२० रनमा अल आउट भएपछि नेपालले लियो २–१ को अग्रता
काठमाडौं– चौथो टी–२० मा घरेलु टिम केन्याले नेपाललाई १०२ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भएको छ ।
केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे। शेन एनगोचेले १३ रन जोडे । बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । टी–२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले पाँच विकेट लिँदा ९ रन खर्चिए । आदिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
सिरिजमा नेपालले २–१ को अग्रता लिएको अवस्था छ। आइतबार भएको तेस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको थियो। आजको खेल जिते नेपालले अन्तिम खेलअघि नै सिरिज जित्नेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो ।
६ दिनको अन्तरमा पाँच टी–२० खेल्न लागेको नेपालले पाँचौ खेल बुधबार खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल १७ भदौमा खेल्नेछ भने दोस्रो खेल १८ भदौ र तेस्रो तथा सिरिजको अन्तिम खेल २० भदौमा खेल्ने कार्यतालिका छ ।







