खेलकुद Sunday, 28 Aug, 2022
Prestige Media

नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं–गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। नवौं मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
प्रतियोगिता आउन ५० दिन बाँकी छँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशका आठ जिल्लामा खेल सञ्चालनका लागि प्रस्ताव गरिएको बताएको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अधिकांश खेल पोखरामा र म्याग्दी, गोरखा, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँ, लमजुङलगायत जिल्लामा केही खेल सञ्चालन हुने बताए । यसको अन्तिम निर्णय भने प्राविधिक समितिले निरीक्षण र अनुमोदन गरेपछि १५ भदौसम्म हुनेछ ।
प्रतियोगितामा ११ टिमका ७,७९९ खेलाडीको सहभागिता रहनेछ । जसमा पुरुष ४,११४ र महिला ३,६८५ जना महिला खेलाडी सहभागी हुनेछन् । सहभागी खेलाडीले ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सर्वाधिक पदक जित्ने टिमलाई १० लाख रुपैयाँ बराबरको टिम च्याम्पियन रनिङ ट्रफी प्रदान गरिने बताइएको छ । प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको राखेपले जनाएको छ । जसमा पहिलो किस्ताबापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव घिसिङले बताए ।
प्रतियोगिताका लागि विभिन्न उपसमितिले कार्यविधि तथा कार्यतालिका बनाई काम जारी राखेका छन् । सबै समितिले १५ असोजसम्म सम्पूर्ण काम सकिसक्ने बताइएको छ । प्रतियोगितामा ३६ खेल तथा २ प्रदर्शनी खेल समावेश गरिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL