Breaking News Monday, 19 Dec, 2016
Prestige Media

बैंकले कर्जा दिन बन्दै गरे, १०% मा पनि निक्षेप पाउन छाड्यो

काठमाडौं, , ४ पुस ।  लगानी योग्य पूँजी (तरलता) अभाव गहिरिन थालेपछि बैंकहरुले ओभर ड्रफ्ट तथा सेयर धितो ऋण लगानी बन्द गरेका छन्।

अभावले निक्षेपको ब्याज दर १० प्रतिशत पुग्दासमेत तरलतामा सहजता नआएपछि बाणिज्य बैंकहरुले ऋण लगानी बन्द गरेका हुन्।
विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्सको बृद्धिदर घट्नुका साथै सरकारले पनि विकास निर्माणमा खर्चै नगरेका कारण तरलता अभाव गहिरिन थालेको हो।

बैंकहरुले १० प्रतिशतमा बाेलकबाेल गर्दासमेत संस्थागत निक्षेप पाउन छाडेका छन्। माग्ने वित्तिकै फिर्ता गर्नुपर्ने (कल डिपोजिट) निक्षेपको ब्याजदर पनि ८.७५ प्रतिशत पुगिसकेको छ। ‘हिजोभन्दा आज र आजभन्दा भोली ब्याजदर तीब्र रुपमा बढिरहेको छ’ बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले बिजमाण्डूसँग भने, ‘पुस मसान्तसम्म निक्षेपको ब्याज दर १२ प्रतिशत नाघ्ने संकेतहरु देखिन थालिसकेको छ।’

बैंकहरुले अहिले प्रतितपत्र र त्यससँग जोडिने टिआर कर्जा दिइरहेका छन्। किस्ता किस्तामा जाने पूर्वाधार तथा यस्तै प्रकृतिका कर्जा पनि नियमित छ। अलिक बढि जोखिम हुने, एकमुष्ट भुक्तानी हुनेजस्ता कर्जा बन्दै गरेका हुन्। बैंकहरुले आफ्ना शाखाहरुलाई सेयरधितो, घर तथा आवास, ओभर ड्रफ्टलगायतका कर्जा नदिन परिपत्रै गरिसकेका छन्।

पुस मसान्‍त नजिकिँदै गर्दा सरकारलाई अग्रिम कर तथा राजश्व भुक्तानी गर्न ठूलो रकम प्रणालीबाट बहिरिएर तरलता अभाव झन् गहिरिने बैंकहरुको डर छ। उनीहरुले पूर्व सावधानी अपनाउँदै ऋण दिन बन्द गरेका हुन्। ब्याज बढ्न थालेपछि सेयर धितोलगायतमा कर्जाको माग पनि घटेको छ। बैंकहरुले करिव २८ अर्ब रुपैयाँ सेयर धितो कर्जा दिएका छन्।

‘८/९ प्रतिशतको सेयर धितो कर्जा आज ११ प्रतिशत पुगिसकेको छ’ महर्जनले भने, ‘महँगो हुन थालेपछि लगानीकर्ताहरु पनि निरुत्साहित भएका छन्।’ घट्दो सेयर बजारमा थप ऋण लगानी गर्दा बैंकहरुको जोखिम बढ्ने भएकाले बैंक आफैले पनि लगानी गर्न छाडेका छन्। बैंकहरुले ब्याजदर थप बढ्न नदिन दुई महिनाअघि ८ प्रतिशतमा भद्र सहमति गरेका थिए। सहमति एक साता पनि टिक्न सकेन, ब्याजदर साढे आठ प्रतिशत पुग्यो। त्यसपछि पनि बैंकहरुबीच ब्याजदरका बारेमा कुराकानी भयो। तर प्रतिस्पर्धाले ब्याजदरलाई एउटा स्तरमा राख्न ‘कार्टेल’ ले काम गर्न सकेन।

‘पुसमा राजश्व तिर्न धेरै पैसा बहिरिन्छ। बैंकहरुको पनि क्वाटर इन्ड हुने भएकाले ऋण लगानी, कर्जा निक्षेप अनुपातमा कडाइ हुन्छ’ बैंकर्स संघका उपाध्यक्षसमेत रहेका महर्जनले भने, ‘ब्याज ६ बर्षअघिको भन्दा पनि माथि जाने देखिन्छ।’ निक्षेपको ब्याज बढेको तुलनामा कर्जाको ब्याजदर बढिसकेको छैन। बैंकहरुसँग यसअघिको सस्तो दरको निक्षेप भएकाले पुराना कर्जाको ब्याजको खासै नबढाएको एक बैंकरले बताए। तर पुसपछि पुरानो कर्जाको ब्याजदर निक्कै बढ्ने उनले जानकारी दिए।

‘सस्तो निक्षेप नविकरण हुँदै महँगो हुँदै जान्छ’ ती बैंकरले भने ‘त्यस बेला पुरानो कर्जाको ब्याजदर पनि बढाउनुपर्ने हुन्छ।’ अहिले पुरानो कर्जाको ब्याजदर ०.२५ देखिन ०.५० प्रतिशत बिन्दुसम्मले मात्र बढेको छ। तरलता गहिरिँदै गएमा ब्याजदर १/२ प्रतिशत बिन्दुले नै बढ्छ। कर्जाको ब्याजदर बढ्दै जाँदा विद्युत आयोजना, सीमित आयमा घरजग्गा किनेका सर्वसाधारणलाई मर्का पर्छ। औद्योगिक उत्पादन तथा सेवाहरुको भाउ पनि बढ्न जान्छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL