Breaking News
Sunday, 18 Dec, 2016
मंगोलियन विदेश मन्त्री नेपालमा
काठमाडौँ, पुस ३ । तिब्बती धर्मगुरु दलाई लामाको स्वागत गरेको भन्दै चीनले ‘नाकाबन्दी’ गरेपछि मंगोलियाका विदेशमन्त्री सहयोग माग्न आइतवार साँझ नेपाल आइपुग्दैछन् ।
धार्मिक भ्रमणमा पुगेको दलाई लामालाई मंगोलियाको राजधानी उल्लानबाटरमा स्वागत गरिएपछि रिसाएको चीनले ‘नाकाबन्दी’ गर्दा आइपरेको अफ्ठेरोबीच त्यहाँका विदेशमन्त्री सेन्द मुन्ख अर्जिल दुई दिने नेपाल भ्रमणमा निस्केका हुन् ।







