नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
२ वैशाख, काठमाडौं । विगत १२ वर्षदेखी संचालित भाषण,उदघोषण तालिम केन्द्र प्रेस्टिज मिडिया प्रा लि ले नव वर्ष २०७९ सालको अवसर पारेर शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ।चावहिल स्थित प्रेस्टिज मिडियाकै सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम प्रेस्टिज मिडिया प्रा लिका संस्थापक अध्यक्ष्य तथा भाषण कला प्रशिक्षक अग्नि प्रसाद भट्टराईको अध्यक्ष्यता,नेपाल मोबाइल व्यावसायी संघका महासचिव रमेश कुमार घिमिरेको प्रमुख आतिथ्यता,सफल व्यावसायी भोज खत्रीलगायतका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा सम्पन्न भएको थियो। प्रेस्टिज मिडियाकै कर्मचारी शिव राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी रमेश कुमार घिमिरले दिप प्रज्वलन गरी कार्यक्रम शुभरम्भ गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरुले नयाँ वर्ष २०७९ सालको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए।
प्रेस्टिज मिडिया प्रा लिको भित्तेपत्रो विमोचन गर्दै प्रमुख अतिथी रमेश कुमार घिमिरेले नव वर्ष २०७९ को सम्पूर्ण नेपालीजनमा सुख,शान्ती एवम् देशमा अमनचैन कायम होस् भनी शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा विशेष अतिथी भोज खत्रीले बोलीमा बिकास गर्ने क्षमता यस संस्थामा रहेको भन्दै नयाँ वर्षमा नयाँ खोज र सकारात्मक सोचको बिकास होस् भन्दै आफ्नो शुभकामना व्यक्त गर्नुभयो। सभाध्यक्ष्य ,प्रमुख अतिथी,विशेष अतिथी ,अतिथी लगायत प्रेस्टिज मिडियाका प्रशिक्षाथीहरुको सहभागीतामा क्यालेन्डर विमोचन गरिएको उक्त कार्यक्रम पारस श्रेष्ठले सन्चालन गर्नुभएको थियो।










