Breaking News
Sunday, 18 Dec, 2016
पश्चिम अफगानिस्तानमा बस दुर्घटना
चौधको मृत्युअफगानिस्तान, ३ पुस । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट राजधानी काबुलका लागि छुटेको बस फराह प्रान्तको गुलिस्तान जिल्लामा रोकिराखेको एक ट्रकसँग ठोक्किएपछि आइतबार दिउँसो भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको र अन्य ४१ जना यात्रु घाइते भएका अफगान ट्राफिक प्रहरीले बताएको छ ।
काबुलबाट पश्चिम ६९५ किलोमिटर टाढा भएको दुर्घटनामा बसमा सवार ५७ जना यात्रुमध्ये दुई जनालाई भने कुनै चोट नलागेको बताइएको छ ।
अफगानिस्तानमा कमजोर सडक संरचना र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गर्छ जसका कारण हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।







