Breaking News
Saturday, 17 Dec, 2016
लागु नभएको संविधान संशोधन गर्नु पर्दैन : नेपाल
संखुवासभा, २ पुष । एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले संविधान लागु भइनसकेकाले संशोधन गरिरहनु नपर्ने बताउनु भएको छ ।
संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानका क्रममा नेता नेपालले संविधान कार्यान्वयन पछिमात्रै संशोधन हुने बताउनुभएको हो । उहाँले संविधान संशोधन गरिसकेपछि देश बलियो हुनु पर्ने बताउँदै संशोधन गर्दा नेपाली जनता एक हुनु पर्ने धारणा राख्नुभयो ।
यस्तै एमालेका केन्द्रिय सचिव भीम आचार्यले सरकारले देशलाई राजनीतिक अस्थिरता तर्फ धकेलेको आरोप लगाउनु भयो । कार्यक्रममा पूर्व सञ्चारमन्त्री शेरधन राईले एमालेसँग छलफल नगरी ल्याएको संशोधन प्रस्ताव औचित्यहीन भएको बताउनुभयो ।







