Breaking News Saturday, 17 Sep, 2016
Prestige Media

[अपडेट] सप्तकोशी नदीमा डुंगा पल्टियो, २५ जनाको उद्दार, बेपत्ताको खोजी जारी

वेदराज पौडेल, इटहरी

आश्विन १, २०७३- सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको नाउ (डुंगा) राजावासा- ५ सप्तकोशी नदीमा पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार २५ जना यात्रुको सकुशल उद्दार गरिएको छ ।

शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।

श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने नेपाल प्रहरीका एसपी पोषराज पोखरेलले बताए ।

डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भइ सकेको छैन । बेपत्ताहरुको खोजी कार्य जारी रहेको पोखरेलले बताए ।

….

सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर -५ राजावासा आउँदै गरेको नाउ (डुंगा) कोशी नदीमा पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार २२ जनाको सकुशल उद्दार गरिएको छ ।

नेपाल प्रहरीका एसपी पोषराज पोखरेलका अनुसार नाउमा कति सवार थिए यकिन भइसकेको छैन । उनले भने, ‘२२ जनाको उद्दार भएको छ । अरु कति थिए भन्ने यकिन जानकारी आइसकेको छैन । हामी खोज्दै छौं ।’ घटनास्थलमा स्थानीयले पनि उद्दार गरिरहेका छन् ।

पोखरेलका अनुसार उद्दारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।

नाउ शनिबार मध्यान्ह करिव १२:३० बजे कोशीमा पल्टिएको थियो ।कान्तिपुर दैनिक बाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL