Breaking News Friday, 16 Sep, 2016
Prestige Media

असंलग्न आन्दोलनलाई ‘कम प्राथमिकता’, पहिलो पटक आफ्नो भूमिकामा चुक्याे नेपाल

राष्ट्रसंघमा सहभागिताभन्दा नाम सम्मेलन नेपालका लागि महत्वपूर्ण छ : रमेशनाथ पाण्डे

भाद्र ३०, २०७३- असंलग्न आदोलन (नाम) को संस्थापक नेपाल पहिलो पटक आफ्नो भूमिकामा चुकेको छ । नामको शिखर सम्मेलनमा कार्यकारी वा राजनीतिक तहको नेतृत्वलाई सहभागिता नगराएर नेपाल आफ्नो भूमिकामा चुकेको हो ।

भेनेजुयलामा विहिबार सुरु भएको भएको सम्मेलनको मन्त्रीस्तरीय बैठकमा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराईले सहभागिता जनाएका छन् । त्यसमा पनि राजनीतिक तहको नेतृत्वले सहभागिता नजनाउदा नेपालको असंलग्नताको सन्देश राम्रो नजाने देखिएको छ ।

उच्चस्तरको सहभागिताका लागि भनेर सरकारले सम्मेलनमा प्रमुखको तहबाट उपराष्ट्रपति नन्दबहादुर पुनलाई सहभागि गराउने निर्णय गरेको परराष्ट्रका अधिकारीले बताए । उपराष्ट्रपति पुन बुधबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

छिमेकी भारतले उपराष्ट्रपति हमिद अन्सारीलाई पठाउने थाहा पाएपछि नेपालले पनि उनीहरुको नक्कल गरेको परराष्ट्र अधिकारीले बताए । भारतले पनि १९७९ मा बाहेक अहिलेसम्म सधै प्रधानमन्त्री स्तरबाट नै सहभागिता जनाएको थियो भने नेपालबाट २०४६ को परिवर्तन पछि एक पटक मात्रै सरकार प्रमुखको हैसियतबाट नभई परराष्ट्र मन्त्री सहभागि भएका थिए । तर, यसपटक आलंकारिक हैसियतमा रहेका उपराष्ट्रपतिलाई पठाइएकोमा विज्ञहरुले अनौठौ मानेका छन् ।

सम्मेलनका अन्य कार्यक्रमहरु दुई दिन पहिले नै सुरु भए पनि मन्त्रीस्तरीय बैठक विहिबार शुरु भएको छ । यसअघि इरानको तेहरानमा २०६९ भदौ १४ र १५ मा सम्पन्न १६ औं सम्मेलनमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले सहभागिता जनाएका थिए । परराष्ट्रले भने राजनीतिक स्तरको सहभागिता आवश्यक रहेको सुझाव दिएको थियो ।

६१ वर्ष अघिको वाङडुङ दृष्टिकोण अझै पनि सान्दर्भिक रहेको अवस्थामा यो आन्दोलनमा नेपाल सहभागिता फितलो हुनु सोचनिय रहेको पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए । ‘उपराष्ट्रपति स्तरको सहभागिता जनाएर नेपालले उच्चस्तरको सहभागिता देखाउन त खोजेको बुझिन्छ तर राजनीतिक तहको उपस्थिती अझ उपयुक्त देखिन्थ्यो,’ उनले भने, ‘उपप्रधान वा कुनै मन्त्रीको उपस्थिती आवश्यक थियो ।’

दुई ध्रुवमा विभक्त विश्व समुदायलाई वाङडुङ सम्मेलनले एकता, मैत्री र सद्भावको दिशामा अगाडि बढाउन मार्गप्रशस्त गरेको हो । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य र विश्वासिलो अनुयायी समेत हो । नेपालले यो आन्दोलनका मौलिक सिद्धान्तलाई सार्वजनिन र समयानुकूल ठानेर आफ्नो संविधानको मार्ग निर्देशक सिद्धान्त समेत मानेको छ ।

सम्मेलनको भावनालाई आत्मसात गर्दै नेपाल जस्ता मुलुकले विश्व शान्ति र समृद्धि, प्रजातन्त्र, स्थायित्व आपसमा अन्तरसम्बन्धित विषय हुन् भन्ने मान्यतालाई स्थापित गराएको थियो । सन् १९५५ मा भएको वाङडुङ सम्मेलनले विश्वभर असंलग्नताको तरंग ल्याएको थियो ।

असंलग्न आन्दोलनका सिद्धान्त सम्पूर्ण मानव समुदायका लागि आशा, प्रगति र समृद्धिको एक प्रयासको रुपमा छ । असंलग्न आन्दोलनलाई परिवर्तित समय सुहाउँदो बनाउन समेत नेपालले आफ्नो आवाज उठाउदै आएको अवस्थामा अहिले कार्यकारी स्तरबाट कुनै पनि सहभागिता नहुनुलाई यसप्रति नेपालको चासो घटेको देखिएको परराष्ट्र अधिकारीले बताए ।

‘असंलग्न अभियन्ताको थोरै संस्थापक मुलुकमध्ये नेपाल एक हो । यो बर्ष नेपाल सार्कको अध्यक्ष समेत रहेको अवस्थामा शिखर सम्मेलनमा नेपालको महत्व रहन्थ्यो । तर यसलाई नेपालले उपेक्षा गरेको छ,’ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने, ‘नेपालजस्ता मुलुकका लागि राष्ट्रसंघभन्दा यो सम्मेलन महत्वपूर्ण हो । राष्ट्रसंघमा यसपटक नयाँ कुनै एजेण्डा छैन ।’

विश्वलाई व्यापक असमानता, एकाधिकारवाद र द्वन्द्वले गाँजेको अवस्थामा नामको महत्व धेरै रहे पनि सरकारले चासो नदेखाएकोमा परराष्ट्र अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । वित्तीय तथा आर्थिक संकट, खाद्य तथा ऊर्जा संकट, वातावरण परिवर्तनजस्ता विद्यमान एवं पैदाहँुदै गरेका चुनौतीले सम्भावनाका ढोकालाई विश्वव्यापी बनाएको अवस्थामा नामको महत्व हुने उनीहरुको भनाइ छ ।

असंलग्न आन्दोलन आरम्भ हुँदा शोषित, औपनिवेशिक राष्ट्रहरूको आशाको केन्द्रबिन्दु बनेको थियो । तर अहिले यो विश्वका ओझेलमा पारिएका र समस्यामा परेकाहरु अर्बाैं जनताको आशा बन्दै आइरहेको भए पनि यसलाई जिवन्त बनाउन भने नसकिएकोमा विश्वका नेताहरु चिन्तित छन् । असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको उद्देश्य हासिल गर्न खडा गरिएको थियो । कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL