Breaking News
Sunday, 29 Nov, 2020
क्रिकेटर सन्दीपलाई कोरोना संक्रमण
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार ट्वीटरमार्फत आपूmलाई कोरोना लागेको बताएका हुन् ।
लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर, अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।
अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किनेछु । तपाईंहरू मलाई आशीर्वाद दिनुस् ।’







