Breaking News Wednesday, 14 Oct, 2020
Prestige Media

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार न्युयोर्कमा भएको मतदानमा नेपाल १ सय ५० मत ल्याएर परिषद् सदस्यमा फेरि निर्वाचित भएको हो ।
‘हाम्रा दुवै छिमेकी चीन र भारतसहित १ सय ५० देशको मतले नेपाल परिषद् सदस्यमा फेरि निर्वाचित भएको छ,’ परराष्ट्र सचिव भरतराज पौडेलले भने ।
यसअघि भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बनाउन नेपालले पनि पक्षमा मतदान गरेको थियो ।
नेपालसँगै एसिया प्यासिफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद् सदस्य चुनिएका छन् । परिषद्मा विभिन्न क्षेत्रबाट ४७ मुलुक सदस्य हुन्छन् । तीमध्ये यसपालि १५ मुलुक नयाँ निर्वाचित भएका हुन् ।
नेपाल सन् २०१८ पनि परिषद् सदस्य निर्वाचित भएको थियो । नेपालले अब सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ ।
नयाँ निर्वाचित हुने अन्य मुलुकमा अफ्रिकाबाट कोटडिभ्वार, गावोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, दक्षिण अमेरिकाबाट बोलेभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्स र बेलायत छन् । एसिया प्यासिफिक क्षेत्रबाहेक अन्य मुलुक भने सर्वसम्मत चुनिएका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित हुनुले राजनीतिक र मानव अधिकारमा नेपालको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको बताए । उनले यो नेपालले देशभित्र र शान्ति मिसनमार्फत संसारका विभिन्न क्षेत्रमा गरेको मानव अधिकारको संरक्षण र संवद्र्धनको मूल्यांकन पनि भएको उल्लेख गरे ।
राईले परिषद् सदस्यको रूपमा फेरि काम गर्न सक्षम ठानेकामा सदस्य राष्ट्रहरूलाई धन्यवाद दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL