Exclusive News Friday, 2 Sep, 2016
Prestige Media

‘बूढा’ डाक्टरसँग युवा मन्त्रीले भने- ‘जवानीको जोश देखाइदिनुस्’

काठमाडौं- ‘मेरै उमेरजति त तपाईंले स्वास्थ्य सेवामै बिताइसक्नुभएको छ,’ मन्त्री भएपछि पहिलोपटक बिहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीतिर हेर्दै यसो भन्दा हल हाँसोले गुन्जियो।

आफ्नो पिता उमेरका चिकित्सकहरुका बीच युवा मन्त्री गगन यत्तिमै रोकिएनन्। उनको भनाइ अघि बढ्दै जाँदा थुप्रै वरिष्ठ चिकित्सकका अनुहारमा मुस्कान भरिँदै थियो। जोश थपिँदै थियो।

मन्त्री थापाले आफ्नो टिमलाई हौस्याउँदै गए।

‘युवा अवस्थामा परिवर्तन ल्याउँछु भन्ने सबैमा हुन्छ,’ उनले अगाडि भने, ‘तपाईंहरुले पनि लड्न र बदल्न खोज्नु भएकै थियो होला तर जब सकिन्न अनि हात उठाएर प्रणालीको अंग बनिन्छ।’

थापाले यसो भनिसक्दा धेरैले टाउको हल्लाएर सहमति जनाए।

उनी भने अझै रोकिएन्।

‘युवा हुँदा जे सोच्नुभएको थियो, त्यही उत्साह र समर्पण आफ्नो कर्ममा एकचोटि देखाइदिनुस्,’ मन्त्री थापाले भने, ‘यो मेरो निर्देशन होइन, विनीत आग्रह हो।’

युवा उमेर र जोशका मन्त्री थापा, पाका उमेरका थाकेका कर्मचारी। कसरी तादात्म्य होला भन्ने चासो राख्नेलाई उनी बिहीबार जवाफ दिँदै थिए। वृद्ध पुस्ताका वरिष्ठ चिकित्सकमा युवा जोश भर्दै थिए।

मन्त्रीले लामो समयदेखि जकडिएका समस्याको हल निकाल्नु आफ्नो जिम्मेवारी भएको राम्ररी बुझेको पनि सुनाए। वीरको हलमा उत्साहप्रद मन्तव्य सकेर उनी केही वार्डको भ्रमणमा निस्किए। उनले अस्पतालको हालत देखे।

त्यसअघि नै उनले आफू वीरमा पटकपटक आएको भन्दै आफ्नै श्रीमती केही वर्षअघि शल्यक्रिया गर्नुपर्दा अन्य विकल्प हुँदाहुँदै पनि वीरमै गराएको प्रसंगसमेत उप्काए।

१ सय २७ वर्षको इतिहास बोकेर दिनदिनै जीर्ण बन्दै गएको वीरको निरीक्षण गर्न पुगेका थापाले आफूले स्वास्थ्यका समस्या बुझेको सुनाए। ०४६ को परिवर्तनयताका २४ औं स्वास्थ्यमन्त्री थापाले आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउने चुनौती लिएर आएको स्विकारे। ‘मेरो कार्यकालको आज पाँचांै कार्य दिन हो,’ उनले भने, ‘आजसम्मको छलफलबाट मैले काम गर्न सक्छु भन्ने उत्साह बढेको छ।’

वीर मात्र होइन, सिंगो स्वास्थ्य मन्त्रालय समस्याग्रस्त छ। सेवा समूहअनुसारको जिम्मेवारी नहुनु, उपकरण, जनशक्तिको समुचित व्यवस्था अभाव, चरम पार्टीकरण, सेवाभन्दा बढी राजनीतिमा भुल्ने स्वास्थ्यकर्मीको प्रवृत्ति सबैभन्दा नयाँ मन्त्रीका लागि चुनौतीका पहाड बनेर बसेका छन्। ‘एकतिर स्वास्थ्य मन्त्रालयमा समस्यै समस्याको चाङ छ, अर्कोतिर युवा मन्त्रीप्रति जनअपेक्षाको चाङ,’ वीर अस्पतालका एक वरिष्ठ चिकित्सकले थपे, ‘मन्त्रीको कामलाई स्मरणयोग्य बन्ने/नबन्ने वीरमा मात्रै पनि निर्भर हुन सक्छ।’

मन्त्रीले हालै सुरु भएको सुविधासम्पन्न जेनेटिक ल्याब, आइसियु र क्यान्सर विभागको भ्रमण गरे। करिब १५ महिनादेखि बिग्रिएको क्यान्सर उपचारमा अत्यावश्यक रेडियोग्राफी ‘कोबाल्ट ६०’ हालसम्म बन्न र नयाँ आउन सकेको छैन। विभागकै एक डाक्टरको अनुरोधमा एक वर्षअघि थापाले सांसद हैसियतमा अर्थ मन्त्रालयमै गएर १३ करोड रुपैयाँसमेत छुट्ट्याउन लगाएका रहेछन्। ‘मेसिन किन्न टेन्डर भए पनि हालसम्म मेसिन आएन,’ विभागकी डा. सन्ध्या चापागार्इंले भनिन्।  उनले तत्कालै मेसिन खरिद गर्ने वचन पनि दिए।

वीरका पदाधिकारीलाई सय दिनभित्र गर्न सक्ने कामको योजना बनाउन र सम्पन्न गर्नसमेत निर्देशन दिए। ‘तपार्इंहरु योजना बनाएर ल्याउनुस्, मेरा कुरा पनि थप्छु, सय दिनमा गरेर देखाऊँ,’ उनले भने।

‘मन्त्रालयको सामाजिक सञ्जालमा अस्पतालका डाक्टरले शौचालयको फोटो खिचेर हालिदिनुभयो,’ उनले आफ्नो मोबाइल सेट देखाउँदै भने, ‘यस्तो शौचालय प्रयोग गर्ने हामी कल्पना पनि गर्न सक्दैनौं, यो सुधार गर्न केले रोक्छ?’

वीरका २८ प्रतिशत कर्मचारी सफाइ क्षेत्रमा रहेको औंल्याउँदै उनले ‘तत्काल गर्नुस्, मबाट हुने काम रोकिन्न, त्यो भन्दा माथि जानुपर्ने काम समेत गराउने जिम्मा मेरो भयो।’

स्वास्थ्यको नेतृत्व सम्हालेपछि सायदै सबै मन्त्रीले नछुटाई वीर अस्पताल निरीक्षण गरेका थिए। अधिकांश मन्त्रीले वीरलाई ‘स्वास्थ्य सेवाको मुहार’ को रुपमा व्याख्दै गर्दै सुधारको प्रतिबद्धता गरे पनि सेवाग्राहीको ‘सन्तोषको ग्राफ’ माथि चढ्न सकेको छैन। तर कार्यकारीका रुपमा ‘अनटेस्टेड’ थापासँगका अपेक्षा स्वास्थ्य क्षेत्रका समस्याबीचको मेल निकै चुनौतीपूर्ण भएको बुझाइ स्वास्थ्य सेवा विभागमा पूर्व महानिर्देशक डा.लक्ष्मीराज पाठकको छ।

पाठकले स्वास्थ्यमा संस्थागत समस्या समाधान, घट्दो क्रममा रहेका सूचकलाई बढाउने गरी नयाँ प्रयत्न र सही मान्छेलाई सही ठाउँमा राख्न सक्नुपर्ने बताए। ‘चिकित्सा सेवा र अस्पतालहरुमा व्यवस्थापकीय रन्थमोल र ठूलो दलाली छ,’ पाठकले नागरिकसँग भने, ‘यसलाई चिर्न त्यसैमा संलग्न चिकित्सकको सहयोग लिनु मन्त्रीको ठूलो चुनौती हुनेछ।’

करिब ३० हजार कर्मचारी, ४ हजार सरकारी स्वास्थ्य संरचना र निजी क्षेत्रको समेत ठूलो लगानी रहेको स्वास्थ्य क्षेत्र बेथितिको पयार्य बन्ने गरेको छ।

मन्त्रालय र विभागका महाशाखालगायत अस्पताल र प्रमुख निकायमा लामो अवधि सेवा गुजारेका चिकित्सकले भरिएको छ। ‘सरकारी स्वास्थ्य सेवाको अनुहार हेर्न एउटै वीर अस्पतालको अव्यवस्था पर्याप्त छ,’ अस्पतालका वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेलले भने। पौडेलले देशभरका बिरामी आइपुग्ने वीरलाई सुधार्न सके मात्र पनि जनताले स्वास्थ्य सेवामा परिवर्तनको अभास गर्न सक्ने बताए।

बिहीबारै मन्त्रालयमा आयोजित कार्यक्रममा पनि थापाले परिवर्तनको नेतृत्व गर्न तयार भइरहेको बताउँदा सञ्चारकर्मीले संशययुक्त प्रश्न तेर्स्याएका थिए। ‘तपार्इंको नयाँ दृष्टिकोण वषर्ौंदेखि कायम रहेको नेतृत्वबाट सम्भव देख्नुहुन्छ?’ भन्ने प्रश्नमा थापाले भने, ‘मैले २/५ दिनमै मान्छेको गति र नियतको भेउ पाउँछु, आग्रह–पूर्वाग्रह राख्दिनँ, नसुध्रनेलाई नहटाए र अरुले समेत न्याय गरेको ठान्दैनन्।’नागरिक दैनिक बाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL