स्वास्थ्य Wednesday, 25 Sep, 2019
Prestige Media

स्वस्थ खसी कसरी छान्ने ?

दशैं आएपछि नेपालमा मासुको विक्री ह्वात्तै बढ्छ । थोरै उपभोग गर्ने वा आर्थिक स्थिति कमजोर भएकाहरु तौलेर मासु किन्छन् भने धेरै उपभोग गर्नेहरु खसी नै ढाल्छन् ।

मासु मानिसका लागि महत्वपूर्ण पौष्टिक आहार पनि हो । तर, मान्छेका लागि मात्र नभएर किटाणुका लागि पनि यो उत्तिकै पौष्टिक हुन्छ । त्यसैले मासुको सेवन गर्दा स्वस्थतामा ध्यान दिइएन भने मानिसका लागि विष खाए भन्दा कम हुँदैन ।

मानव शरीरमा किटाणूको सबैभन्दा छिटो आक्रमण मासुकै कारण हुन्छ । त्यसैले दशैंको मासु उपभोक्ताका लागि स्वस्थकर हुनु जरुरी छ । मासुलाई गोठदेखि ओठसम्म पनि भन्ने गरिन्छ । गोठबाट विभिन्न प्रक्रिया हुंदै ओठसम्म आईपुग्दा यसको दूषित मात्रा कम हुनु जरुरी छ ।

किसानले गोठमा पालेको वस्तु उपभोक्ताले कुनै पनि तरिकाबाट मासुको रुपमा प्राप्त गर्दा स्वस्थ हुनुपर्छ । पहिलो त किसानले निरोगी पशु बजारमा पठाउनु पर्छ ।

सामान्यतया घरमा पालेको पशु स्वस्थ छ कि छैन भन्ने ज्ञान किसानलाई हुन्छ । तथापि ठूलो चाड र पैसा आउने भएकाले यो समयमा रोगी पशुहरु पनि बजारमा आईपुगेका हुन्छन् । मासुको धरै माग हुने ठूला शहरहरुमा टाढा–टाढादेखि ढुवानी गरेर खसीबोका लगायतका पशु ल्याईदा उनीहरु बिरामी पर्ने, मर्ने गर्छन् ।

त्यसैले खसी किन्दा उपभोक्ता सचेत हुनु अति आवश्यक छ । पहिलो त किन्ने खसी अस्वस्थ हुन सक्छ भने दोस्रो पसलबाट किन्ने मासु पनि त्यस्तै हुनसक्छ । स्वस्थ खसी के र कस्तोलाई मान्ने ? पसलबाट किन्ने मासु स्वस्थ छ कि छैन कसरी थाहाँ पाउने । यहाँ तपाईंका लागि केही टिप्स दिइएको छ:

स्वस्थ खसी कसरी छान्ने ?

· बाहिरबाट हेर्दा टाठो देखिने

· उभिएको छ र फूर्तिकासाथ हिंडडुल गर्न सक्ने्

· आखाँबाट कचेरा ननिस्कीएको

· नाकबाट सिंगान नबगेको

· मुखबाट र्‍याल नझारेको

· खुट्टाहरु नसुन्निएको, भुँडी नढाडिएको

· सामान्य रुपमा दिशा पिसाब गर्ने गरेको

· बाख्रा प्रजातीको औषत तापक्रम १०२ देखि १०४ सम्म हुने भएकाले तपक्रम छामेर पनि कति स्वस्थ छ अनुमान लगाउन सकिन्छ

· राम्रोसंग घाँस–पात पिठो खाने

· सकभर दूब्लो दूब्लो खसीको मासु स्वास्थकर हुन्छ ।

–अनलाइनखबर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL