देश भित्र
Sunday, 20 Jul, 2025
विचार मिल्ने पार्टीसँग एकताकाको जिम्मा महरालाई
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिनुभएको छ । अध्यक्ष प्रचण्डले महरालाई केही समयअघि आफ्नै निवास खुमलटार बोलाएर विचार मिल्ने पार्टीसँग एकताका लागि संवाद थाल्न आग्रह गर्नुभएको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष महराले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी, धमेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दलसँग संवाद थाल्न निर्देशन आएको जानकारी दिनुभयो ।
अहिलेसम्म यादव नेतृत्वको नेसपाले मात्रै माओवादीको महाधिवेशनसम्ममा एकता गर्ने समझदारी गरेको छ । पहिलो चरणमा पूर्वमाओवादी घटकसँग एकता गर्न संवाद र छलफल गर्ने नेताहरूले बताएका छन् ।







