देश भित्र Friday, 18 Jul, 2025
Prestige Media

तराई खडेरीले रोपाईं प्रभावित, हालसम्म ३६ प्रतिशत मात्र धान रोपाईं

मधेस प्रदेशमा खडेरीको चपेटाले धान रोपाईंमा गम्भीर असर पारेको छ । असार महिना सकिँदासम्म प्रदेशभर जम्मा ३६ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा सम्पन्न ६१ प्रतिशत रोपाईंको तुलनामा उल्लेखनीय कमी हो ।

मधेस प्रदेश सरकारले संकटको गम्भीरता बुझ्दै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । साथै, खानेपानीको चरम अभाव भएका बारा र पर्सा लगायतका जिल्लामा राहतस्वरूप १६ वटा वारुणयन्त्र (फायर ब्रिगेड) स्थानीय तहमा पठाइएको प्रदेश सरकारद्वारा जानकारी दिइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, समयमै राहत तथा दीर्घकालीन समाधान नहुँदा कृषि मात्र होइन, आम जनजीवन र खाद्य सुरक्षामा पनि ठूलो संकट आउन सक्ने खतरा छ ।

मधेस नेपालको अन्न भण्डारका रूपमा चिनिन्छ । तर, हालको खडेरीले उत्पादनमा भारी गिरावट ल्याउने संकेत देखिँदैछ, जसले राष्ट्रिय स्तरमै खाद्य संकट निम्त्याउने सम्भावना बढाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL