खेलकुद Tuesday, 24 Jun, 2025
Prestige Media

वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भर्खरै स्कटल्याण्डमा सम्पन्न लिग २ क्रिकेटको शृंखला धेरै राम्रो भएको बताएका छन् ।

त्यस्तै नयाँ प्रशिक्षक आएपछि देखिएको परिवर्तनबारे प्रश्नमा उनले भने, ‘परिवर्तन छोटो समयमै पाउन त गाह्रै हुन्छ । त्यस्तो धेरै परिवर्तन भएको छैन । विस्तारै हुँदै जाने हो । सबैको मेहेनतको कारण सफल भएका छौं ।’

‘त्यस्तो कन्डिशनमा गएर खेलहरू जितेका छौं । लिग २ कै दुई उत्कृष्ट टिमहरूलाई हरायौं, आगामी सिरिजहरूका लागि पनि त्यसले मद्दत गर्छ’ उनले अगाडि थपे ।

केही खेलाडी चोटका कारण उपलब्ध नहुँदा ब्याकअपमा रहेका खेलाडीबाट पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो ।

नेपालले लिग २ शृंखलापछि त्रिदेशीय टी-२० शृंखला पनि खेलेको थियो जहाँ नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ऐतिहासिक ३ सुपर ओभर भएको थियो ।

त्यसबारे स्मरण गर्दै रोहितले त्यो हुन्छ भनेर कसैले नसोचेको बताए । ‘सोचेको थिएनौं ३ वटा सुपर ओभर हुन्छ भनेर । चेज गर्दा विकेट गएको भएर अलि दबाबमा आयौं तर त्यसपछि साझेदारी बन्यो अनि लास्टमा सुपर ओभरमा खेल गयो’ उनले भने, ‘सुपर ओभरमा त्यति सोच्ने समय हुँदैन । दुवै टिमबाट रन बनिरहेको थियो । तेस्रोमा चाहिँ सफल भइएन । त्यस्तो धेरै यही गर्नुपर्छ भनेर केही सोचेकै थिएनौं।’

त्यस्तै यसै शृंखलामा ओडिआई डेब्यू गरेका र पहिलो टी-२० खेललाई सुपर ओभरसम्म पुर्‍याएका नन्दन यादवले पनि कसैले सोच्दै नसोचेको कुरा भएर ३ वटा सुपर भएको उल्लेख गरे । ‘हामी आफैं आश्चर्यमा परेका थियौं ३ पटक सुपर ओभर हुँदा’ उनले भने ।

गत वर्ष वेस्ट इन्डिजको ए टोलीले नेपालमै आएर पाँच खेलको टी२० शृंखला खेलेको थियो । ‘हामीले खेलिसकेको ए टोलीभन्दा खासै फरक त नहोला, तर पनि २ पटक विश्वकप च्याम्पियन भएकाले क्वालिटी साइड हो, सिरिज राम्रो हुनेछ’ रोहितले भने ।

युके टुर र लिग २ का खेलहरूमा ब्याटिङमा पनि सुधारिएको प्रदर्शन भएको रोहितको भनाइ थियो । ‘ब्याटिङ हाम्रो राम्रो नै भएको हो । हामीले कुराहरू सहज बनाएर खेलिरहेका छौं । धेरै कम्प्लेक्स बनाएका छैनौं, सबैले आफ्नो भूमिका अनुसार खेलेका छन्’ उनले भने ।

प्रशिक्षक स्टुअर्ट लको शैलीबारे बोल्दै रोहितले ल धेरै सरल भएको उल्लेख गरे । ‘उहाँ एकदम स्ट्रेड फरवार्ड हुनुहुन्छ,  मैदानमा प्राप्त भएका अवसरहरू सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, धेरै जटिल पनि बनाउनुहुन्न अवस्थालाई’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL