खेलकुद Sunday, 15 Jun, 2025
Prestige Media

दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

३१ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (२०२३-२५)को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल टेस्टमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको मुख्य प्रतियोगिता जितेको हो ।

२८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले शनिबार चौथो दिनको खेलको पहिलो सत्रमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । एइडेन मार्क्रमले शानदार शतकसहित १३६ रन बनाएर टिमको जितको आधार तय गरे ।

कप्तान टेम्बा बाभुमा ६६ रन बनाएर आउट भए भने ट्रिस्टन स्टब्स ८ रनमा आउट भए । मार्क्रम टिमलाई ६ रन आवश्यक हुँदा क्याच आउट भए ।

यो दक्षिण अफ्रिकाका लागि २७ वर्ष पछि पहिलो प्रमुख आईसीसी प्रतियोगितामा विजय हो — सन् १९९८ मा आईसीसी नकआउट ट्रफी जितेको पछि पहिलो च्याम्पियन बन्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो दिन २१२ रनमा अलआउट भएको थियो । कगिसो रबाडाले ५ विकेट लिएका थिए । जवाफमा दक्षिण अफ्रिका मात्र १३८ रनमा अल आउट हुन पुग्यो । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिएका थिए ।

दोस्रो इनिङमा ७४ रनको अग्रताबाट सुरु गर्दै अस्ट्रेलियाले मध्यक्रम नचलेपछी मिचेल स्टार्कको ५८ रन मद्दतमा थप २०७ रन जोड्दै २८१ रनको अग्रता बनाएको थियो ।दक्षिण अफ्रिकाकों तर्फबाट दोश्रो इनिङमा रबाडाले ४ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पछ्याउन सुरु गर्दा सुरुमा रायन रिकेल्टन ६ रनमा आउट भए पनि वियान मुल्डर (२७) सँगको ६१ रनको साझेदारी पछि एडेन मार्करामको शतकीय इनिंग्स र कप्तान बाभुमाको अनुभवीले टोलीको विजय तय गरेको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL