खेलकुद Monday, 9 Jun, 2025
Prestige Media

कीर्तिमानी जितबाट नेपाल २ रनले चुक्यो

२५ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ ।

स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो ।

बलियो लक्ष्य पछ्याउँदा ३४-३ को दबाबपूर्ण स्थितिमा रहेको नेपालका लागि आरिफ शेख र भीम सार्की मिलेर ९४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । आरिफ ३९ रनमा आउट भएपछि भीम ७३ रनमा तथा त्यसपछि आएका गुल्शन झा ११ रनमा आउट भएपछि नेपाल १८३-६ को अवस्थामा पुगेको थियो ।

१८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्‍याएका थिए ।

कीर्तिमानी जितबाट २ रनले चुक्यो नेपाल

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच  आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।

त्यसपछि ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।

यद्यपी यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल भने बनेको छ । यसअघि नेपालले ओमानविरुद्ध कीर्तिपुरमा ३१० रनको योगफल खडा गरेको थियो । त्यस्तै लक्ष्य पछ्याउँदा बनाएको सबैभन्दा उच्च योगफल पनि नेपालका लागि यही रह्‍यो । पहिलो इनिङको सर्वाधिक स्कोर भने ओमानसँगको ३१० नै रहेको छ ।

नेपालका भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपालले ६७ र दिपेन्द्रले ५६ रन बनाए । स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २-२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १-१ विकेट लिए ।

त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो ।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लिग २ नेपालको १५ खेल खेलेमा १० अंकमा मात्र छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL