खेलकुद Monday, 26 May, 2025
Prestige Media

आइपिएलमा चेन्नाइ र हैदरबादको सान्त्वना जित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा हिजो भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् ।हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।
त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो।हारपछी पनि गुजरात प्लेअपमा पुगिसकेको छ गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।
यस्तै हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८ ओभर चार बलमा एक सय ६८ रनमा अलआउट भयो ।
त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेडले ४० बलमा ७६ साथै हेनरिक क्लासेनले ३९ बलमा एक सय पाँच रन बनाउँदै अविजित शतकीय पारी खेले ।
हैदराबाद र कोलकाता यस अघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सिमित रह्यो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL