Exclusive News Monday, 1 Apr, 2024
Prestige Media

अर्थ मन्त्रालयले माग्यो बजेट सुझाव

काठमाडौं–आगामी जेठ १५ मा प्रस्तुत गरिने आगामी आर्थिक २०८१÷८२ को बजेटका लागि सुझाव दिन अर्थ मन्त्रालयले सरोकारवालादेखि सर्वसाधारण नागरिकसमेतसँग सुझाव मागेको छ। मन्त्रालयले आज सूचना प्रकाशित गरेर विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चार क्षेत्र तथा नागरिकलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको हो।
यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन बक्समा गएर वा इमेलमार्फत सुझाव दिन आग्रह गरेको छ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ। अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार बजेट मस्यौदा लेखन समिति गठन गरेसँगै बजेट लेखन प्रक्रिया सुरु भएको हो। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आइतबारबाटै बजेट लेख्ने काम सुरु भएको बताए। सरकारले यसअघि नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अध्यादेश ल्याएर बजेट सार्वजनिक गर्नु ३ महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यसअनुसार विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त ९करबाहेक०मा यसअघि नै संसद्मा छलफल भइसकेको छ। यससँगै बजेट निर्माण प्रक्रिया सुरु भएको मानिन्छ।
त्यसअघि राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ। अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो।
बजेट लेखन समूहमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव ऋतिशकुमार शाक्य, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव महेश आचार्य, वित्तीय संघीयता महाशाखा प्रमुख तथा सहसचिव ईश्वरीप्रसाद अर्याल, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा र राजस्व व्यवस्थापन महाशाखाका कम्प्युटर अधिकृत रामप्रसाद आचार्य छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL