Exclusive News Thursday, 14 Mar, 2024
Prestige Media

कोरिया रोजगारीमा तीन क्षेत्र थपिए

काठमाडौं–नेपालीका लागि आकर्षक रोजगार गन्तव्य रहँदै आएको दक्षिण कोरियाले सन् २०२४ देखि ६ वटा क्षेत्रमा नेपाली युवालाई रोजगारीका लागि लैजाने भएको छ। हाल कृषि, उत्पादनमूलक र पानीजहाज निर्माणतर्फ मात्रै नेपाली श्रमिक लगिँदै आएकामा कोरियाले रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत थप ३ वटा क्षेत्र क्रमशः वन, सेवाक्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने घोषणा गरेको हो।
भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान पुनः परीक्षा दिएर पास भएकालाई थप अवसर दिन कोरियाले ३ वटा नयाँ क्षेत्रमा श्रमिक लैजाने औपचारिक जानकारी गराएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।
उनका अनुसार परीक्षा पास भइसकेकालाई कोरिया लैजान ढिलाइ हुँदा गुनासो बढेसँगै कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने जानकारीसहितको पत्र कोरियाले औपचारिक रुपमा पठाएको हो। कोरियाले यो वर्षभन्दा अर्को वर्ष १३।२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने गरी पत्र नेपाललाई प्रेषित गरेको उनको भनाइ छ। कोरियाले रुट इन्डस्ट्रीमा श्रमिक लैजान छनोट भएकालाई ‘स्क्राफोल्डिङ’को तालिम दिँदै आएको छ। यसमा मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङलगायत क्षेत्र पर्छन्।

कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदार दुई वर्षसम्म कामदारको सूची ९रोस्टर० मा बस्न पाउने प्रावधान छ। कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिंग, उमेर, कामदारको अवस्था र देशलगायत विवरण खुलाएर कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियासमक्ष कामदार माग गरी पठाउने गरिन्छ। सोही प्रक्रियाअनुसार हालसम्म १ लाख बढी नेपाली कामदार कोरिया पुगिसकेको घिमिरेले तथ्यांक दिए।
ईपीएस शाखाको बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘रोस्टरमा रहेका कामदार छनोट रोजगारदाता मुलुक दक्षिण कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परी माग भएर आएपछि मात्र छनोट हुने हुँदा कुनै पनि प्रक्रियामा कोही कसैको भनसुन एवं ईपीएस कोरिया शाखा, एचआरडी कोरिया शाखालगायत कुनै पनि निकायको हात नरहने र प्रक्रियाबाट हुँदै आइरहेको र सोहीबमोजिम हुँदै जाने यथार्थ प्रस्ट पार्न चाहन्छौं।’
कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप विल्डिङ क्षेत्रबाट मात्र कामदार लगिरहेकामा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र समेत थपेर नेपालबाट कामदार लैजानेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL