Exclusive News Friday, 23 Feb, 2024
Prestige Media

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

काठमाडौं। सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ सम्म जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती वालबालिकालाई एक हजार ६ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए। पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनको भनाइ छ। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।
काठमाडौं महानगरमा दुई लाख ५० हजार बालबालिका छन्। काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शंखरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ देखि र काठमाडौँ महानगरपालिकामा फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एक जना स्वयंसेवक परिचालन गरिनेछ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ।
गत वर्ष काठमाडौंमा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना संक्रमित र एक जनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL