प्रमुख समाचार Thursday, 8 Feb, 2024
Prestige Media

नेपालले क्यानडालाई दियो जितका लागि २२५ रनको लक्ष्य

काठमाडौं– क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो।
नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए। खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनपुग्यो।
सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए। उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए।
त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए। उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे। नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो। नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे।
त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो। भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे। कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए। कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन्।
त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो। आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए। त्यसपछि पवन सर्राफ आउट भए। उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए। उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए। खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए।
४९ ओभर पाँच बलमा नेपालले नवौं विकेटको रूपमा रिजन ढकाललाई गुमायो। उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए। त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो । ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे।
बलिङतर्फ क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र ईश्वरजित सोहीले समान दुई÷दुई विकेट लिए। त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट झारे।
आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो। नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ मा तेस्रो खेल खेल्नेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL