Exclusive News Friday, 26 Jan, 2024
Prestige Media

१३५ अर्ब ऋण लिएर जहाज खरिद गर्दै नेपाल वायुसेवा निगम

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले १ खर्ब ३५ अर्ब रुपैयाँ सरल ब्याज कर्जा (सफ्ट लोन) लिन अन्तर्राष्ट्रिय बोलपत्र खुलाएको छ।
नेवानिले अन्तर्राष्ट्रिय स्तरबाट लिएको सफ्ट लोन अहिलेको ऋण (कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण) तिर्न, थप जहाज किन्न र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणका लागि खर्चिइनेछ।
अन्तर्राष्ट्रिय संघ–संस्थाबाट लिइने ऋण एकैपल्ट नभई निगमको व्यावसायिक लगानी आवश्यकताअनुसार लिइनेछ।
नेवानि सञ्चालक स
मितिले गरेको प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ। नेवानि सञ्चालक समितिले गत जेठ २५ मा सफ्ट लोन लिने प्रस्ताव सरकारसमक्ष पेस गरेको थियो।
नेवानिको पर्यटन मन्त्रालयले माघ ४ मा स्वीकृति दिएपछि नेवानिले माघ ९ मा सफ्ट लोनका लागि आशयपत्र आह्वान गरेको छ। तर, नेवानिले अन्तर्राष्ट्रिय दाताबाट लिने ऋण पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्रयोग गर्न पाउनेछ।
‘अन्तर्राष्ट्रिय दाताबाट लिएको ऋण सञ्चय कोष र नागरिक लगानी कोषको ऋण ऋण तिर्नुका अतिरिक्त नेवानिको १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने जहाज खरिद र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणमा प्रयोग हुन्छ,’ नेवानि अध्यक्ष युवराज अधिकारीले भने।
नेवानिले यसअघि २ वाइडबडी जहाज खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको ब्याज महँगो भएको बताउँदै आएको छ। अहिले दुवै कोषबाट लिएको ऋणको ब्याज मात्रै वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ नेवानिले तिर्दै आएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

तिब्बतमा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक

माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन प्रयोग गरिँदै

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न काटियो परिपत्र, के गर्लान् कांग्रेस, एमालेरु

बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै

एसीसी प्रिमियर कपः नेपालले साउदीलाई ६ विकेटले हरायो

एन्फा उपाध्यक्ष लामा पक्राउ

रुपन्देहीको रोहिणी खोलामा पेट्रोलियम भण्डारणगृह निर्माण गरिने, भलबारी डिपो सारिने

निर्वाचन
आचारसंहिता पालन नगरे कारबाही

नवदुर्गाको पूजाआराधना गरी मनाइँदै चैते दसैं

प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’, एक वर्षपछि सञ्चालनमा आउने

मतदाता नामावली अद्यावधिक पुनः सुरु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL