राजनीति / देश Tuesday, 29 Nov, 2022
Prestige Media

बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा भएको सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटनाक्रमसँगसँगै तय गर्ने ।’

‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ,’ उनले भने, ‘अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं।’अहिले मतदान नै हुन बाँकी छ,’ उनले भने, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आआफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं।’

उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ’ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको बताए।आज सचिवालय बैठकमा चुनावी समीक्षा पनि भएको उनले बताए। विशेष गरी इलाम १ र उदयपुर २ बारे समीक्षा भएको उनको भनाइ थियो। इलामबाट झलनाथ खनाल र उदयपुरबाट जगन्नाथ खतिवडा पराजित भएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL