विचार/विश्लेषण
Tuesday, 29 Nov, 2022
राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं-रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’
सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’ नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला पूर्ण नतिजा आएपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ ।