Breaking News
Monday, 28 Nov, 2022
थापाथलीको सुकुम्बासीबस्तीमा प्रहरी र स्थानीयबीच झडप
काठमाडौंको थापाथलीस्थित सुकुबासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।सुकुबासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको हो। त्यस्तै स्थानीयहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको थियो। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।







